
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले संसद विघटनको निर्णय आवेग र उत्तेजनाको निर्णय रहेको भन्दै कडा आपत्ति जनाएका छन् ।
लोकान्तरसँग पाण्डेले भने, 'प्रधानमन्त्रीले आवेग र उत्तेजनामा आएर गलत निर्णय गर्नुभयो, त्यो फिर्ता हुनुको विकल्प छैन ।'
उनले ओलीले अदुरदर्शी निर्णय गरेको भन्दै ओलीको आलोचना गरेका छन् ।