२५ जेठ २०८३, सोमबार

संसद विघटन सिफारिसलाई राष्ट्रपतिले कुनै हालतमा स्विकार गर्नहुन्न : डा. कोइराला

संसद विघटन सिफारिसलाई राष्ट्रपतिले कुनै हालतमा स्विकार गर्नहुन्न : डा. कोइराला

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि हालतमा स्विकार्न नहुने बताएका छन् ।

आइतवार ट्वीटरमा लेख्दै उनले संसद विघटनको सिफारिस असंवैधानिक मात्र नभएर अत्यन्तै गैरजिम्मेवारपूर्ण भएको समेत जनाएका छन् । 

आइतवार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गर्ने निर्णय गरेका थिए । 

ओलीको पछिल्लो कदमबारे धारणा राख्दै डा. कोइरालाले ओलीले गैर जिम्मेवारपूर्ण कदम चालेको टिप्पणी गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्