
सरकारले संसद् विघटनको सिफारिश गरिसकेपछिको अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।
प्रचण्ड बिहान पनि बालुवाटार गएका थिए । दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक अनिश्चित भइरहेको समयमा प्रचण्ड बालुवाटार गएका हुन् ।
संसद् विघटनको निर्णयप्रति प्रचण्डले आपत्ति जनाइसकेका छन् । स्थायी कमिटी बैठकका लागि स्थायी कमिटी सदस्यहरू बालुवाटार पुगेका छन् ।
त्यसअघि मन्त्रिपरिषद्को निर्णय लिएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालयमा गएका थिए ।
बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटनको सिफारिश राष्ट्रपति समक्ष लैजाने निर्णय गरेको थियो ।
संसद् विघटनको सिफारिशपछि प्रतिपक्षी कांग्रेस लगायतका दल पनि छलफलमा छन् ।