
नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले सरकार चल्नै नसक्ने अवस्था भएपछि जनतालाई दिनु स्वागतयोग्य कुरा भएको बताएका छन् ।
संसद विघटन भएलगत्तै ट्वीटरमा प्रतिक्रिया दिँदै उनले नेकपाभित्रको आन्तरिक झगडाका कारण सरकार चल्न नसकेको र चल्नै नसक्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई जिम्मा दिएको बताएका हुन् ।
उनले लेखेका छन्, 'कसले के भन्छ भन्ने होइन । देशमा के हुदैछ भन्ने महत्वपूर्ण सवाल हो । नेपाली जनताले नेकपा लाइ पाँच बर्षको लागि सत्ता संचालन गर्ने जिम्मेवारी दिएका थिए तर पार्टी भित्रको आन्तरिक झगडाका कारण सरकार चल्न सकेन । चल्नै नसक्ने भए पछी जनतालाई जिम्मा दिनु स्वागत योग्य कुरा हो ।'
कस्ले के भन्छ भन्ने होइन । देशमा के हुदैछ भन्ने महत्वपूर्ण सवाल हो । नेपाली जनताले नेकपा लाइ पाचँ बर्षको लागि सत्ता संचालन गर्ने जिम्मेवारी दिएका थिए तर पार्टी भित्रको आन्तरिक झगडाका कारण सरकार चल्न सकेन।चल्नै नसक्ने भए पछी जनतालाई जिम्मा दिनु स्वागत योग्य कुरा हो ।
— Chandra Bhandari (@chandra_1961) December 20, 2020