
प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनका लागि छलफल थालेका छन् । आज संसद विघटन गरेर आगामी वैशाख १७ र १७ गतेका लागि प्रतिनिधिसभाको मिति तय भएसँगै ओलीले छलफल थालेका हुन् ।
ओलीले बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् भने त्यसपछि निर्वाचन आयोगका अधिकारीहरुसँग पनि छलफल गरेका छन् ।
छलफलका क्रममा आयोगले एकै चरणमा निर्वाचन गर्न निर्वाचन आयोगले सुझाव दिएको छ । ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुई चरणमा चुनाव गर्दा खर्च धेरै लाग्ने भएकोले एकै चरणमा निर्वाचन गर्न आयोगले सुझाव दिएको जानकारी दिए ।
यस्तै सुरक्षा निकायका प्रमुखहरु सँगको छलफलमा ओलीले आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारीमा जुट्न निर्देशन दिएका थिए ।