१० असार २०८३, बुधबार

कुनै पनि बेला पृथ्वीमा आउन सक्छन् एलियन, वैज्ञानिकले पाए रेडियो सिग्नल

असार १५, २०७८
कुनै पनि बेला पृथ्वीमा आउन सक्छन् एलियन, वैज्ञानिकले पाए रेडियो सिग्नल

के विश्वमा एलियनको अस्तित्व छ ? के एलियन दोस्रो ग्रहमा रहँदै आएका छन् ? यस्तो प्रश्नको जवाफ वैज्ञानिकदेखि आम मानिससम्म सबै जान्न चाहन्छन् । 

पछिल्लो केही दिनयता वैज्ञानिकलाई एलियनको सन्देश मिलिरहेको छ । यसबाट सावित हुन्छ कि पृथ्वीभन्दा बाहिर दोस्रो ग्रहमा पनि जीवन छ । यी सन्देशले एक नयाँ प्रश्न खडा गरेको छ । के वास्तवमा एलियन धर्तीमा आउन चाहन्छन् ? 

५१ प्रकाश वर्ष टाढाबाट सिग्नल आइरहेको छ
 

अहिले वैज्ञानिकको एक इन्टरनेशनल टिमलाई एक ग्रहको निकै टाढाबाट रेडियो सिग्नल मिलिरहेको छ । यो ग्रह ताउ बुट्स नामको तारा प्रणालीमा अवस्थित छ । 

यो ग्रह पृथ्वीबाट ५१ प्रकाश वर्ष टाढा रहेको छ । यसको सौर्य परिवार एक बाइनरी स्टार र एक एक्सोप्लानेट भएको वैज्ञानिकले बताएका छन् । 

वैज्ञानिकको समूहलाई ज्याक टर्नरले नेतृत्व गरिरहेका छन् । टर्नर कार्नेल विश्वविद्यालयमा पोस्टडक्टोरल सोधकर्ता हुन् । 

उनको टिममा फिलिप जरका र जीन म्याथियस ग्रिसमीयर पनि छन् । एलियनमाथि गरिएको अध्ययन साइन्टिफिक जर्नल एस्ट्रोनोमी र एस्ट्रोफिजिक्समा प्रकाशित भएको छ । 

टर्नरले भने ‘यो सिग्नल ताउ बुट्स सिम्सबाट आइरहेको छ । यो सिग्नल ग्रहको चुम्बकीय क्षेत्रको ताकत र ध्रुवीकरणका कारणबाट प्राप्त भइरहेको छ ।’

उनले अध्ययनमा एलियनको दुनियाँलाई लिएर कैयौं रहस्य बाहिर आएको बताए । यसका माध्यमबाट एलियनबारे अध्ययनको सम्भावना बढेर जाने उनले विश्वास व्यक्त गरे । लगातार सिग्नल आइरहेकाले एलियन हुनसक्ने सम्भावना प्रवल रहेको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्