२९ जेठ २०८३, शुक्रबार

हे भगवान म छायांकन सेटमा फिर्ता आएँ: सोनाक्षी

हे भगवान म छायांकन सेटमा फिर्ता आएँ: सोनाक्षी

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाका फ्यानहरु यतिबेला उनको चलचित्र कुरिरहेको अवस्था छ ।

उनै फ्यानहरुका लागि खुसीको खबर छ, सोनाक्षीले एक प्रोजेक्टको काम थालेकी छिन् । 

दबंग गर्ल सोनाक्षी छिट्टै रीमा कागतीको निर्देशनमा बन्न लागेको वेब सीरीज फालेनमा देखिन लागेकी हुन् । यो कुरा सोनाक्षी आफैले जानकारी गराएकी छिन् । 

उनले भनिन्, ‘अहिले रिमा कागतीको निर्देशनमा बन्न लागेको अमेजन प्राइम भिडियोको सीरिजको छायांकन सुरु गरेकी छु ।’ 

यसको छायांकन कोरोना भाइरसको कारण मार्चपछि स्टप भएको थियो । यो सिरिज २०२१ को सुरुवातमै आउनुपर्ने थियो । तर, त्यो अब पक्का असम्भव छ । 

सोनाक्षीले मुम्बईको छायांकनस्पटबाट एक तस्विर सार्वजनिक गर्दै भनिन्, मैले मेरो सिरिजको छायांकन आजेदि सुरु गरेकी छु । 

लकडाउनपछि पहिलो दिन म छायांकन सेटमा छु । तपाईँहरूलाई बताउन सकेकी छैन कि मैले कस्तो महशुस गरेकी छु ।’ 

सामाजिक संजालको अर्को एक स्टोरीमा उनले भ्यानिटी भ्यानभित्रको एक पोस्ट शेयर गरेकी छिन्, जहाँ उनी टिमसँग देखिएकी छिन् ।’

सोनाक्षीले अन्तिममा भनेकी छिन्, ‘हे मेरा भगवान, म सेटमा पुनः फिर्ता आएकी छु ।’
फालेनमा गुलशन देवया, विजय वर्मा तथा सोहन शाह समेत देखिनेछन् । रिपोर्टलाई मान्नेहो भने यो क्राइम थ्रिलर वेब सीरीजमा सोनाक्षीले एक पुलिस अफिसरको रुपमा काम गर्नेछिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्