१० असार २०८३, बुधबार

कांग्रेसले बोलायो सर्वदलीय बैठक, नेकपा सहभागी हुने

कांग्रेसले बोलायो सर्वदलीय बैठक, नेकपा सहभागी हुने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । 

तत्कालीन संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई बैठकमा बोलाइएको कांग्रेस पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ । 

सर्वदलीय बैठक अपराह्न ४ बजे कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर, जसपा लगायतका पार्टीका नेतालाई डाकिएको छ । 

यसअघि आइतवार साँझ कांग्रेसको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको छलफलमा तीनै दलका शीर्ष नेताको सहभागिता थियो । 

भेलाले ओलीको कदमको सशक्त प्रतिकार गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्