
गृहमन्त्रीसमेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले आफूनिकटका नेताहरूसँग छलफल गरिरहेका छन् ।
सोमवार उनले पुल्चोकस्थित मन्त्री क्वार्टरमा आफूनिकट केन्द्रीय सदस्यहरूलाई बोलाएका हुन् । बादलनिकट एक नेताले ३ दर्जन जति केन्द्रीय सदस्य भेला भएको जानकारी लोकान्तरलाई दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट सांसदहरूसँग बालुवाटारमा गरेको परामर्शमा बादल उपस्थित नहुनुलाई चासोका साथ हेरिएको छ ।
आइतवार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपाको राजनीति ध्रुवीकृत छ ।