
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक काठमाडौंमा शुरू भएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीतिबारे छलफल गर्न बैठक बसिरहेको नेता राजाराम बर्ताैलाले जनाएका छन् ।
बैठकमा सांगठनिक र सक्रिय सदस्य निर्देशिका, महाधिवेशनको तयारी र आगामी संघर्षका कार्यक्रमबारे समेत छलफल केन्द्रीत हुने उनले जानकारी दिए ।
बैठकमा अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीबाट विभिन्न प्रतिवेदनहरू प्रस्तुत हुने जनाइएको छ ।