२५ जेठ २०८३, सोमबार

प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । 

उनले दिउँसो ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । 

प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भनेका छन्, 'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बाेधन गर्नुहुने भएको छ । बालुवाटारबाट दिउँसाे ३:०० बजे हुने उहाँको सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।'

सोमवार मात्रै प्रधानमन्त्री ओलीले आफू सम्बद्ध नेताहरूलाई बालुवाटारमा भेटवार्ता गरेका छन्  । 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार संसद विघटन अनुमोदन गरेपछि अहिले राष्ट्रपति र प्रधानमन्त्री दुवैको चर्को आलोचना भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्