०६ असार २०८३, शनिबार

तानातानमा बादल– निवासमै पुगेर प्रचण्डले गरे छलफल

तानातानमा बादल– निवासमै पुगेर प्रचण्डले गरे छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेका बेला सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल तानातानमा परेका छन् ।

बादललाई फकाउन नेकपाका दुवै पक्षले प्रयास गरिरहेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको गुटगत भेलामा सहभागी नभएका बादल कुन कित्तामा छन् भनेर प्रस्ट भएको छैन ।

बादल प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको पक्षमा पनि खुलेर लागेका छैनन् । आफ्नो पक्षमा तान्नका लागि प्रचण्डले बादलसँग सोमवार बिहान कुरा गरेका छन् ।

कानून व्यवसायीसँगको परामर्शमा जाने बेला पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेर प्रचण्डले बादलसँग परामर्श गरेका हुन् ।

बादललाई भेट्न प्रचण्ड गएको खुमलटार स्रोतले पुष्टि गर्‍यो । 

सरकारले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि प्रचण्ड र माधव नेपालपक्षीय ७ मन्त्रीले आइतवार राजीनामा गरेका थिए । 

पूर्व माओवादीका तर्फबाट सरकारमा सहभागी भएका बादल र लेखराज भट्टले भने राजीनामा गरेका छैनन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका भट्ट सोमवार बालुवाटारमा ओलीपक्षीय पूर्व सासंदको भेलामा सहभागी भएका थिए । 

कमेन्ट गर्नुहोस्