२८ जेठ २०८३, बिहीबार

अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकको वैधानिकता हुँदैन : प्रवक्ता ज्ञवाली

अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकको वैधानिकता हुँदैन : प्रवक्ता ज्ञवाली

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठक वैधानिक नहुने भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको बैठकलाई अवैधानिक भएको ठहर गरेको छ ।

प्रचण्ड–नेपाल समूहले बहुमत स्थायी कमिटी सदस्यको बैठक बसेर ओलीविरुद्ध अनुशासनको कारवाही गर्ने निर्णय गरेका थिए ।

‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युट विना बैठक हुन्छ र ?’ पत्रकारहरूको प्रश्नको जवाफमा नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘मौजुदा विधानले महासचिवले बैठक बोलाउने भनेको छ ।’

ओली पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले मौजुदा ४४६ सदस्यीय केन्द्रीय समितिलाई बढाएर १ हजार १९९ सदस्यीय बनाउने निर्णय गरेको छ । एकतर्फी रूपमा गरिएको मनोनयनको वैधानिकता के भन्ने प्रश्नमा प्रवक्ता ज्ञवालीले भने, ‘यसअघि केन्द्रीय समितिमा जसरी मनोनित भएका थिए, त्यही आधारमा थपिएका थिए । वैधानिकताको प्रश्न उठ्यो भने निर्वाचन आयोगले विवाद निरुपण गर्ला ।’

salt training

कमेन्ट गर्नुहोस्