
नेपालका लागि टाटा मोटर्स्को आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्ग प्रा.लि.ले ग्लोबल सर्भिस क्याम्प २०२० गत मंसिर २८ देखि ८ पौष गते सम्म संचालन भइरहेको छ ।
वर्तमान परिस्थितिलाई ध्यानमा राखेर यस वर्षको ग्लोबल सर्भिस क्याम्प स्वास्थ्य र सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै, ग्राहक तथा कर्मचारीहरुलाई विशेष ध्यानमा राखी संचालन भईरहेको देखियो ।
सर्भिस सेन्टरपरिसर भित्र भिडभाड कम गर्न र भौतिक दुरी कायम गर्न सहज होस् भनेर ग्राहकहरुलाई अग्रिम बूकिंगको पनि व्यवस्था गरिएको छ जहाँ ९८०१२२३३४४ मा मिस्ड कल दिएर सजिलै अग्रिम बूकिंग गर्न सकिनेछ ।
आजको मितिसम्म करिब ४९९० वटा भन्दा बढी टाटा कर्मशियल गाडीहरुले यस ग्लोबल सर्भिस क्याम्पको लाभ उठाइसकेको टाटाले जनाएको छ ।
बुधवार ग्लोबल सर्भिस क्याम्पको यो चरणको अन्तिम दिन रहेको कम्पनीले जनाएको छ ।
गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्पमा निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ्ग, स्पेयर पार्टस्, लुब्रिकेन्टस् र ब्याट्रीमा भारी छुट, चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडी सम्बन्धी अनलाइन परामर्श जस्ता सुविधाहरु यस वर्षको प्रमुख विशेषताहरु रहेका छन् ।