१० असार २०८३, बुधबार

साम्राज्ञी र देवांशको प्रेममा गढबढी !

साम्राज्ञी र देवांशको प्रेममा गढबढी !

आफूले काम गर्न लागेको एक चलचित्रको घोषणा कार्यक्रममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले प्रेमी देवांश जंगबहादुर राणालाई घुमाउरो पारामा मिडियामा प्रेमी सार्वजनिक गरिन् ।  

मिडियाले उनीहरुलाई देखे, सँगै तस्विर चाही खिचाउन आनाकानी गरिन् । घोषणा कार्यक्रममा इन हुँदा र आउट हुँदा उनीहरु केही अघिपछि गरेर निस्किए । 

तर, उनीहरु सँगै गाडीमा आए, सँगै गाडीमा फर्किएको मिडियाले देखिरहेका छन् भन्ने उनीहरुले पत्तोसमेत पाउन सकेनन् । त्यसपछि हो, साम्राज्ञीले एकपछि अर्को गर्दै प्रेमी देवांशसँगका तस्विर सार्वजनिक गर्दै गइन् । 

कहिले नेपालगन्ज, कहिले पोखरा त कहिले बालीमा पुगेर साम्राज्ञीले आネनो प्रेम छताछुल्ल पारिन् । ​विकिनी अवतारमा उनले सार्वजनिक गरेका तस्विरहरुले त्यसबेला छवि(शिल्पाको झगडालाईसमेत पछि पारेको थियो । 

रातो टिका निधारमा र मारुनी सकेर बाली पुगेर उनले आफूहरु कतिसम्म नजिक छौं भन्ने कुरा देखाइन् । 

तर, अहिले भने उनीहरुको प्रेममा नयाँ टुइस्ट आएको छ । उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाका छोरा देवांशसँग साम्राज्ञीको ब्रेकअप भएको खबर प्राप्त भएको छ । 

यो खबर कतिसम्म सत्य हो त्यो साम्राज्ञी(देवांशलाई थाहा हुने कुरा हो । तर, साम्राज्ञीको इन्स्टा र फेसबुक मात्रै हेर्ने हो भने पनि उनीहरुको प्रेम कता जाँदैछ भन्ने अनुमान लगाउन खासै गाह्रो पर्दैन ।

साम्राज्ञीले देवांशसँगका सम्पूर्ण तस्वीर फेसबुक(इन्स्टाबाट डिलिट गरिदिएकी छिन्, प्रेमीसँगका कुनै पनि नयाँ तस्वीर देखिँदैन । 

यस कारण पनि उनीहरुको प्रेम खासै राम्रो छैन भन्ने सहजै अनुमान लगाउन सकिन्छ । पर्दामा बोल्ड भूमिकामा प्रस्तुत हुँदै आएकी उनी अभिनय र प्रेमका कारण चर्चामा आइरहेकी हुन्छिन् । 

देवांशअघि उनी व्यापारी मयंक खड्कासँग गहिरो प्रेममा थिइन् । तर, उक्त प्रेम ३ वर्षमा टुट्यो । मयंकसँग छुटेको केही महिनामै उनले नयाँ प्रेमी देवांशसँग डेट गरेकी थिइन् ।

केही महिनाअघि मात्रै साम्राज्ञी र देवांश अभिनित एक म्यूजिक भिडियो सार्वजनिक भएको थियो । यो भिडियोले बजारमा खासै आफ्नो छाप छाड्न सकेन ।  

नेपालकी एक नम्बर अभिनेत्री साम्राज्ञी चलचित्रमा जति सफल छिन् उनी प्रेममा असफल भएको चलचित्र बजारमा चर्चा गरिन्छ । पछिल्लो एक हप्तादेखि साम्राज्ञी र देवांशको प्रेम टुटेको उनीहरु निकटले बताउने गरेका छन् । 

प्राप्त बलियो गसिप यदि सत्य हो भने दुःखको कुरा हो, होइन भने पक्कै उनीहरुले छिटै​ यसबारे बोल्छन् होला । तर, यसबेलासम्म साम्राज्ञी(देवांशले आफूहरुको ब्रेकअप भएको कुनै संकेत भने दिएका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्