
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्न जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बालकुमारीमा बसेको छ ।
बालकुमारीको तुल्सीलाल स्मृति भवनमा जारी बैठकले सरकारविरुद्ध आन्दोलन गर्नेबारे निर्णय लिनेछ ।
‘बैठकमा असंवैधानिक संसद विघटनको विरोधमा देशभर संघर्षको कार्यक्रमहरू गर्नेबारेमा छलफल हुँदैछ,’ नेता विश्वदिप पाण्डेले भने ।
सरकारी कदमविरुद्ध नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूह, नेपाली कांग्रेस र जसपाले संयुक्त रूपमा संघर्ष गर्ने सहमति गरेका छन् ।