दाजुले आफ्नै बहिनीमाथि लगातार सात वर्षसम्म बलात्कार गरेको रहस्य खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ ओढारखोला घर भई हाल बुटवलमा एक संस्थामा कार्यरत व्यक्तिले बिहिनीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत पाल्पामा मुद्दा परेपछि घटना बाहिर आएको हो ।
सात वर्षदेखि १४ वर्षको उमेरसम्म लगातार बलात्कार गरेको भन्दै दाजुविरुद्ध बहिनीले अदालतमा हाडनाता करणीको मुद्दा हालेपछि घटनाको रहस्य बाहिर आएको हो । गत मङ्सिर २३ गते पीडित युवतीले हाडनाता करणीअन्तर्गत मुद्दा दिएको अदालतले जनाएको छ । पीडित युवतीका अनुसार ओढारखोलास्थित घरमा दाजुले लगातार बलात्कार गर्ने गरेका थिए ।
मुलुकी अपराध संहिता २०७४ अनुसार हाडनातामा करणी भएमा जन्मकैददेखि १० वर्षसम्म कैद सजाय र एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ ।