
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमा आज बुधवार जनता समाजवादी पार्टी (जसपा) नेपालले देशभर प्रदर्शन गर्दैछ ।
मंगलवारको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार जसपाले आज देशभर जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने भएको हो ।
जसपाले घोषणा गरेका आन्दोलन अन्तर्गत पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने र १२ गते केन्द्रीकृत जनप्रदर्शन गर्ने कार्यक्रम रहेका छन् ।
