०१ असार २०८३, सोमबार

पत्नीले अर्को पार्टीमा प्रवेश गरेपछि सांसदले दिए डिभोर्स !

पुस २, २०७७
पत्नीले अर्को पार्टीमा प्रवेश गरेपछि सांसदले दिए डिभोर्स !

पत्नीले पार्टी प्रवेश गरेको भन्दै एक सांसदले आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गरेका छन् । 

यो घटना नेपालको भने होइन । भारतीय जनता पार्टीका नेता तथा सांसद सौमित्र खानले आफ्नी पत्नी सुजता मण्डललाई अर्को पार्टीमा प्रवेश गरेको भन्दै सम्बन्ध विच्छेदको घोषणा गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सुजाता सोमबार तृणमूल कांग्रेस पार्टीमा प्रवेश गरेकी हुन् ।

सोही रिसमा बीजेपी सांसदले पत्नी सुजताले गरेको निर्णयप्रति आफ्नो असहमति रहेको भन्दै आजैका मितिदेखि उनलाई परित्याग गरेको घोषणा गरेका हुन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यहाँका हजारौं नागरिकले मलाई भोट दिएका छन्, पार्टीप्रति मेरो महत्वपूर्ण दायित्व छ। म बीजेपीका लागि लड्छु ।’

तृणमूल कांग्रेसलाई पराजित गर्न आफू सबै कुरा त्याग्न तयार रहेको उल्लेख गर्दै उनले अबदेखि आमाबुबाबाहेक आफ्ना कोही नभएको बताए ।

सांसद खानले सोमबार भने, ‘आज तिमीविरुद्ध म सम्बन्ध विच्छेदको निवेदन दिन्छु । आजदेखि तिमीलाई छाड्दै छु।’

salt training

कमेन्ट गर्नुहोस्