१० असार २०८३, बुधबार

नयाँ सरकार गठन गर्नेतिर मेरो ध्यान केन्द्रित हुन्छ: प्रचण्ड

नयाँ सरकार गठन गर्नेतिर मेरो ध्यान केन्द्रित हुन्छ: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र जनताको अपेक्षा अनुसारको काम गर्नेगरी नयाँ सरकार गठन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रीय हुने बताएका छन् ।

प्रचण्ड, माधव नेपाल समूहको संसदीय दलको नेत चयन भएपछि संसद भवन वानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले संसदलाई जिवीत तुल्याउने र नयाँ सरकार गठन गर्ने बताएका हुन् । 

‘सबै राष्टिय राजनीतिक दलहरु जो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन, ती सबैलाई एकता गर्नु इमान्दारीतापूर्वक सहकार्य गर्नु । त्यो एकताको बलमा प्रतिनिधि सभालाई जिवित तुल्याउनु र राष्ट र जनताको अपेक्षा अनुसार काम गर्नेगरी नयाँ सरकार गठन गर्नेतर्फ मेरो ध्यान केन्द्रीत हुनेछ’ संसदीय दलको नेता चयन भएपछि प्रचण्डले भने ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर अध्यक्ष बनेका माधवकुमार नेपालको प्रस्तावमा प्रचण्ड संसदीय दलको नेता बनेका हुन । प्रतिनिधि सभा विघटनसँगै संसदीय दलको नेताको पद स्वत निष्क्रिय भएको छ । यसअघि नेकपा संसदीय दलको नेता केपी ओली थिए ।  

salt training

कमेन्ट गर्नुहोस्