१५ असार २०८३, सोमबार

भजन किर्तनतिर अञ्जली अधिकारी !

भजन किर्तनतिर अञ्जली अधिकारी !

मोडल अञ्जली अधिकारी कृष्ण महिमा गाइएको भजनमा अभिनय गरेकी छन् ।

गायक लोक पौडेलको भजन ‘अलमल नगरौं’ मा उनले नृत्य गरेकी हुन् । उनी पछिल्लो समय म्युजिक भिडियोमा निकै चलेकी मोडलका रुपमा परिचित छन् ।

भजनमा समय र उमेर छँदै ईश्वरप्रति भक्तिभाव राख्न र सेवा आराधनामा लाग्न आग्रह गरिएको छ । डा. भोला रिजालको शब्द रहेको भजनमा संगीतकार नरहरि प्रेमीले संगीत भरेका छन् ।

त्यस्तै कमल सौरागले भजनलाई संगीत संयोजन गरेका हुन् । भिडियोमा अञ्जलीसँगै राज खड्काको अभिनय देख्न सकिन्छ ।

राज खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांंकन तथा विष्णु खड्काको सम्पादन रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्