०१ असार २०८३, सोमबार

अनार खानुहुन्छ ? यी हुन् फाइदा

पुस ९, २०७७
अनार खानुहुन्छ ? यी हुन् फाइदा

अनारलाई स्वास्थ्यवर्द्धक र पोषक फल मानिन्छ। स्वाद पनि मिठाे हुन्छ। पर्याप्त फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ।

यसले भुँडी लाग्न दिँदैन । अनारको जुस पिउनु अत्यन्त लाभदायक हुन्छ ।

आजकल दिनदिनै स्तर क्यान्सरका घटनाहरू सुनिन्छन् । त्यसैले महिलाहरू सचेत हुनु जरूरी छ । स्तन क्यान्सरबाट बच्न अनार उपयोगी हुन्छ । 

अनि अनार खाँदा हृदयघातको खतरालाई पनि कम गर्न सकिन्छ ।  अनारको बोक्रालाई घाममा सुकाएर त्यसको धूलो बनाएपछि पेस्टका रूपमा प्रयोग गर्नुस् । त्यो धूलोमा चिनी र मह मिसाउनुस् अनि पेस्टलाई अनुहारमा दल्नुस् । यसले मृत त्वचा अनि डण्डीफोरहरू हटाइदिन्छ । 

अनारमा पाइने फोटोकेमिकल्सले एरोमाटेज एन्जाइमलाई रोक्छन् । यो एन्जाइमले एन्ड्रोजन हर्मोनलाई एस्ट्रोजन हर्मोनमा परिवर्तन गरिदिन्छ । यसैले स्तन क्यान्सर गराउने हो । 

अनारले एन्जाइमको असर ध्वस्त पार्छ र क्यान्सरबाट जोगाउँछ । 

salt training

कमेन्ट गर्नुहोस्