२५ जेठ २०८३, सोमबार

रहिनन् पूर्व मिस वर्ल्ड नोर्मा, बसको ठक्करबाट गम्भीर घाइते, उपचारका क्रममा मृत्यु

पुस ९, २०७७
रहिनन् पूर्व मिस वर्ल्ड नोर्मा, बसको ठक्करबाट गम्भीर घाइते, उपचारका क्रममा मृत्यु

 अर्जेन्टीनाकी पूर्व मिस वर्ल्ड नोर्मा कापेग्लीको दुर्घटनामा परी मृत्यु भएको छ । 

१७ डिसेम्बरमा आफ्नै घर नजिक हिँडिरहेकी उनलाई पछाडिबाट आइरहेको बसले ठक्कर दिएको थियो । 

बसको ठक्करबाट गम्भीर घाइते उनलाई अस्पतालमा उपचार भइरहेको थियो । 

उनको बसले ठक्कर दिएको ६ दिनपछि मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् । 

८१ वर्षीया नोर्माको बस दुर्घटनामा परेकी हुन् । 

नोर्माले लन्डनमा १९९६० मा मिस वर्ल्डको ताज जितेकी थिइन् । 

उनी अजेन्टीनाकी पहिलो मिस वर्ल्ड विजेता महिला बनेकी थिइन् । सो समय उनी जम्मा २१ वर्षकी रहेको बताइएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्