
जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सहितका नेताहरूले संसद बैठक आह्वान गर्न माग गर्दै सभामुख अग्नि सापकोटालाई भेटेका छन् ।
बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटघाट गर्दै जसपा नेताहरूले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएकाले संसद बोलाउन आग्रह गरेका हुन् ।
जसपा नेताहरूले संसद् जीवितै रहेको निष्कर्षसहित सभामुखलाई भेटेका जसपा नेता विश्वदिप पाण्डेले जानकारी दिए ।
सभामुख सापकोटासँगको भेटमा डा. भट्टराईसहित अध्यक्ष उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण उपस्थित थिए ।
