११ साउन २०८३, सोमबार

कित्ता स्पष्ट पार्दै गृहमन्त्री बादल ओली पक्षको बैठकमा सहभागी

कित्ता स्पष्ट पार्दै गृहमन्त्री बादल ओली पक्षको बैठकमा सहभागी

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य राममबहादुर थापा ‘बादल’ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली समूहको बैठकमा सहभागी भएका छन् ।

ओली समूहमा सहभागी हुने थापा पूर्व माओवादी खेमाका प्रभावशाली नेता हुन् । उनी माओवादी केन्द्रमा पार्टी महासचिव थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेकोे केन्द्रीय समिति बैठकमा बादल सहभागी भएका केन्द्रीय सदस्य खिमलाल भट्टराईले लोकान्तरलाई जानकारी दिए ।

यसअघि उनले आफ्नो कित्ता स्पष्ट पारेका थिएनन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार बसेको आफूपक्षीय केन्द्रीय समिति सदस्यको बैठकमा अर्को दिनको बैठकमा बादल सहभागी हुने बताएका थिए । 

पूर्व माओवादी खेमाका टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा यसअघि नै ओली पक्षको बैठकमा सहभागी भएका थिए । बादलले कित्ता स्पष्ट गरेसँगै नेकपा सचिवालयमा रहेका ९ जनामध्ये ओली समूहमा ४ जना खुलेर लागेका छन् । उपाध्यक्ष वामदेव गौतम भने बिहीवारसम्म कुनै कित्तामा लागेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्