
कंगना रनौत जो अक्सर कडा बयानका कारण चर्चामा रहन्छिन्, केही दिनअघि उनले बिकिनीको तस्वीर सार्वजनिक गरेकी थिइन् ।
कंगनाको तस्वीरलाई लिएर उनी ट्रोलको शिकार भइन् । भारतीय संस्कृतिबारे अरुलाई सिकाउने कंगना कसरी साडीबाट सिधै बिकिनीमा आइन् भनेर उनको कडा आलोचना भइरहेका बेला उनले आज कडा जवाफ फर्काएकी छन् ।
उनले एक ट्वीट गर्दै भनेकी छन्, ‘केही व्यक्तिले मलाई बिकिनीको तस्वीर हेरेर धर्म र सनातनको व्याख्यान दिइरहेका छन् । यदि आमा भैरवी आफ्नो कपाल, लुगाफाटा, रगत पिएको छवि लिएर आउँछिन् भने तपाईंलाई के हुन्छ ? तिमी फुटेर आफूलाई भक्त भन्छौं ? धर्म मनाओ, ठेकेदार नहुनुहोस् ... जय श्री राम ।’
कंगनाले यस ट्वीटको साथ एक क्लोजअप सुन्दर तस्वीर समेत सार्वजनिक गरेकी छन् । जहाँ उनले खैरे कलरको स्कार्फ समेत लगाएकी छन् ।
कंगनाले केही दिनअघि सार्वजनिक गरेको तस्वीर समुन्द्रको किनारमा खिचिएको थियो । तस्वीरसँगै उनले भनेकी थिइन्, ‘यो मेक्सिको मेरो लागि रोमाञ्चक ठाउँ भएको छ । ठाउँ सुन्दर छ तर पूर्ण अप्रत्याशित । यो फोटो मेक्सिकोको टुलमको हो ।’
हालै कंगनाले हैदरावादमा आफ्नो चलचित्र ‘थलाइवी’को छायांकन सकेकी छन् । हाल उनी मनालीमा आफ्नो अर्को एक्सन फिल्म धाकड़को तयारी गरिरहेकी छन् । यसबाहेक उनी महिला पाइलटको रूपमा अर्को एक चलचित्रमा समेत देखिँदैछिन् ।