१५ असार २०८३, सोमबार

प्रतिनिधि सभा पुनःस्थापना हुन्छ भन्नु स्यालहुइयाँ– गृहमन्त्री थापा

प्रतिनिधि सभा पुनःस्थापना हुन्छ भन्नु स्यालहुइयाँ– गृहमन्त्री थापा
फाइल फोटो

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रतिनिधि सभा पुनर्गठन हुन्छ भन्नु पश्चगामी सोच र स्यालहुइयाँ मात्र भएको टिप्पणी गरेका छन् । उनले संसद् विघटन अग्रगामी र क्रान्तिकारी कदम भएको दाबी गरे । 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय सदस्यहरूको बैठकलाई बिहीवार बालुवाटारमा सम्बोधन गर्दै गृहमन्त्री थापाले निर्वाचन नै अग्रगामी कदम भएको बताएका हुन् । 

‘विघटित प्रतिनिधि सभा पुनःस्थापना हुन्छ भन्नु पश्चगामी र स्यालहुइयाँ मात्र हो । निर्वाचन हुनु अग्रगमन हो, हामीले निर्वाचनबाट दुईतिहाइ बहुमत ल्याउनुपर्छ,’ राष्ट्रिय सभा सदस्य समेत रहेका थापाले भने । 

पार्टीमा गुटबन्दी र अराजकता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरूले जन्माएको दाबी थापाले गरे ।

उनले आफूले सोचविचार गरेरै नेकपाको मूल नेतृत्वलाई साथ दिएको उनले बताए । साथै नेकपाको मूल नेतृत्व केपी ओली नै भएको थापाले बताए । 

लामो समयको मौनता तोड्दै थापा ओली क्याम्पमा गएका हुन् । 

ओली समूहमा सहभागी हुने थापा पूर्वमाओवादी खेमाका प्रभावशाली नेता हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्