१० असार २०८३, बुधबार

प्रधानमन्त्री ओलीलाई पौडेलको चुनौति– चुनाव लड्न तनहुँ आउनुस्

प्रधानमन्त्री ओलीलाई पौडेलको चुनौति– चुनाव लड्न तनहुँ आउनुस्

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव लड्न तनहुँ आउन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौति दिएका छन् । आफू पाँच पटक चुनाव जितेको व्यक्ति भएकाले चुनावसँग नडराउने पौडेलले बताए ।
पार्टी केन्द्रीय कार्यालय परिसर सानेपामा बिहीवार पत्रकारसँग कुरा गर्दै नेता पौडेलले प्रधानमन्त्री ओलीलाई तनहुँमा आएर चुनाव लड्न चुनौति दिएका हुन् । बुधवार एक टेलिभिजन अन्तरवार्ताको क्रममा ओलीले चुनाव हारिने डरले पौडेलले चुनावको विरोध गरेको आरोप लगाएका थिए ।

‘रामचन्दजी क्रान्तिकारी देखिन खोज्नुहुन्छ, चुनाव उठ्न पनि कठीन छ । उहाँको लागि निर्वाचन आकर्षणको विषय पनि भएन । हाउभाउ गरेर सभापति हुनसके फाइदा हुने भयो । त्यही भएर सांसद तिर होइन महाधिवेशन गरेर चलमलाउने दाउमा हुनुहुन्छ’ ओलीले अन्तवार्ताका क्रममा भनेका थिए ।

ओलीको आरोपप्रति आक्रोशित पौडेलले भने, ‘ओलीलाई तनहुँमा आएर चुनाव लड्न चुनौती दिन चाहन्छु ।’

salt training

कमेन्ट गर्नुहोस्