२५ जेठ २०८३, सोमबार

‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर प्रचण्ड–नेपाल माइतीघर मण्डलाको सडकमा

‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर प्रचण्ड–नेपाल माइतीघर मण्डलाको सडकमा

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहका नेताहरू माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन् ।

प्रचण्ड, नेपाल लगायतका नेताहरूले छातीमा ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्ड लगाएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ हुँदैछ ।

माइतीघरको प्रदर्शनपछि प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाने तयारी गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टीको आधिकारिकता दाबी गर्न बहुमत केन्द्रीय सदस्यसहित उनीहरू निर्वाचन आयोग जान लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्