०५ साउन २०८३, मंगलबार

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरू

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरू

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको इजलासमा शुक्रवार मध्याह्न १२ बजे बहस शुरू भएको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरलाल श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । 

शुरूमा निवेदक अधिवक्ता सन्तोष भण्डारीले बहस शुरू गरेका छन् । 

बुधवार प्रधानन्यायाधीश राणाको एकल इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिटको सुनुवाई संवैधानिक इजलासमा गर्ने आदेश गरेको थियो ।

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली लगायतले रिट दर्ता गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्