
काठमाडौं, २ जेठ– आइतबार सम्पन्न पहिलोचरणको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । केही स्थानीय तहको बाहेक अधिकांश स्थानमा मतगणना जारी रहेको छ ।
आइतबार राति देखि केही स्थानमा मतगणना शुरु भएको थियो भने केही स्थानीय तहमा हिजो अवेरबाट सुरु भएको थियो ।
प्रारम्भिक रुपमा एमालेले अग्रता बनाएको भएपनि अहिले नेपाली कांग्रेसले अग्रता लिएको छ ।
अहिलेसम्म २२ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले ७, नेकपा एमालेले ७ र माओवादी केन्द्रले ७ स्थानमा जित हासिल गरेको छ त्यस्तै स्वतन्त्रले १ स्थानमा जित हात पारेका छन् ।
नेपाली कांग्रेस ८६ स्थानमा अगाडि देखिएको छ । त्यस्तै नेकपा एमाले ८२ स्थानमा अगाडि हुँदा माओवादी केद्र ३६ स्थानमा तथा स्वतन्त्र उमेदवारहरु २० स्थानमा अगाडि देखिएका छन् ।
क–कसले कहाँ जिते ?
नेपाली कांग्रेसले जितेको स्थानीय तह
चन्द्र घले-नाशोङ गाउँपालिका, मनाङ
मिङ्मा छिरिङ-लामा नारफू गाउँपालिका, मनाङ
दुर्गाबहादुर राना-बुङ्दीकाली गाउँपालिका, नवलपरासी ९पू०
सुवर्णकुमार विष्ट-लोमन्थाङ गाउँपालिका, मुस्ताङ
बुद्धि शेचरचन-थासाङ गाउँपालिका, मुस्ताङ
जोकलाल बुढा- तमानखोला गाउँपालिका, बाग्लुङ
हरिचन्द्र बस्नेत-कुसे गाउँपालिका, जाजरकोट
एमालेले जितेको नगरपालिका/गाउँपालिकाकान्छा घले-नेस्याङ गाउँपालिका, मनाङ
आशबहादुर थकाली-घरपझोङ गाउँपालिका, मुस्ताङ
अंगद राना-काइके गाउँपालिका, डोल्पा
तुसीतुण्डुप गुरुङ- शे फोक्सुण्डो गाउँपालिका, डोल्पा
गणेशबहादुर शाही -ठूलीभेरी नगरपालिका, डोल्पा
घनश्यााम सुवेदी - फेदीखोला गाउँपालिका, स्याङ्जा, डोल्पा
लोकेन्द्रबहादुर घले-चामे गाउँपालिका, मनाङ
माओवादी केन्द्रले जितेको गाउँपालिकाहरिबहादुर भण्डारी-गुठीचौर गाउँपालिका, जुम्ला
बागदल छत्याल - ताँजाकोट गाउँपालिका, हुम्ला
रजबहादुर शाही-हिमा गाउँपालिका, जुम्ला
डम्बर शाही-सान्नी त्रिवेणी गाउँपालिका, कालीकोट
दत्तबहादुर शाही -मुड्केचुला गाउँपालिका, डोल्पा
नरसिंह रोकाया -जगदुल्ला गाउँपालिका, डोल्पा
नरबहादुर पुन-सानीभेरी गाउँपालिका, रुकुम
स्वतन्त्र उम्मेदवारले जितेको स्थान
राजु विष्ट दालोमे गाउँपालिका, मुस्ताङ