
चाहे महिला होस् या पुरुष धनको अगाडि सबैको मन कालो हुन्छ । त्यही धन सम्पत्ति हत्याउन न आफ्ना देख्छन् न इष्टमित्र नै ।
भारतको उत्तर प्रदेशस्थित ललितपुर जिल्लामा एउटा यस्तै घटना भएको छ । जहाँ आफ्ना पूर्वपतितर्फका छोरालाई सम्पत्ति दिलाउन एक महिलाले ढुंगाले किचेर आफ्नै पतिको हत्या गरेकी छन् ।
घटना गत महिनाको भए पनि प्रहरीले आइतबार मात्रै हत्या आरोपी रामकुँवर अर्थात रानीलाई पक्राउ गरेको छ ।
प्रहरीसँगको बयानमा पहिले पूर्व पतिले हत्या गरेको बताए पनि प्रहरीले जोडबलका साथ केरकार गरेपछि रानी आफैंले हत्या गरेको स्वीकारेकी छन् ।
यस्तै, प्रक्राउपछि उनले दैनिक छोरालाई कुट्ने गरेका कारण त्यसैको बदला लिन पतिको हत्या गरेको बताएकी थिइन् ।
ललितपुर प्रहरीका अनुसार घटनाको छानबिन गर्दै जाँदा बदला लिन नभई पूर्व पतितर्फबाट साथमा आएका १५ वर्षीय छोरालाई सम्पत्ति दिलाउन हत्या गरेको खुलेको छ ।
ललितपुर प्रहरीका अनुसार रातीले मृतकका साथमा पाँचौं विवाह गरेकी थिइन् । उनका पूर्व पतिसँग पनि उनको कुराकानी हुँदै थियो । निरन्तर उनी पूर्वपतिसँग सम्पर्कमा पनि थिइन् ।
घटना हुनुभन्दा केही दिनअघि मृतकले रानीका १५ वर्षीय छोरालाई मरणाशन्न हुनेगरी कुटपिट गरेको बताएकी छन् ।
यसको बदला लिन र बच्चालाई सम्पत्ति दिलाउनका लागि आफ्नै पतिको निर्मम तरिकाले हत्या गरेकी हुन् ।
प्रहरीले अहिले पूर्व पतिसँग पनि सोधपुछ गरिरहेको छ । अहिलेसम्म कुनै ठगीको घटना भने देखिएको छैन ।