
अंग्रेजी पात्रो अनुसार यो वर्ष २०२० अन्त्यतिर छ । कोरोनाका कारण वर्षभरी थिलोथिलो बनेको बलिउडमा नयाँ वर्षको आगमनसँगै कैयौं नयाँ परिवेश देख्न सकिनेछ ।
२०२१ निश्चित रुपमा नयाँ जोडीको रोमान्स र अनस्क्रिन साझेदारीको वर्ष हुनेछ । जो दर्शकको ध्यान बलिउडतर्फ हुनेछ ।
अनन्या पाण्डे र विजय देवराकोन्डा
नयाँ वर्षसँगै भारतीय सिनेमा कैयौं नयाँ चीज देख्न सकिनेछ । यस्तैमा अनन्या पाण्डेले अर्जुन रेड्डी स्टार विजय देवेराकोन्डाको साथ पेन–इन्डिया एक्सन फिल्ममा हस्ताक्षर गरेकी छन् ।
यि दुवै एक्टर्सका पहिले पनि फिल्म सेटमा खिचेका फोटोहरु भाइरल भइसकेका छन् । दर्शकलाई उनीहरुको फिल्मको पर्खाइ छ ।

ज्याकलिन फर्नान्डेज र रणवीर सिंह
ज्याकलिन फर्नान्डेज र रणवीर सिंह पहिलोपटक एकैसाथ स्क्रिनमा देखिने भएका छन् । रोहित सेट्टीको फिल्म सरकसमा देखिने छन् ।
जो शेक्सिपियरको कमेडी अफ एरर्समा आधारित छ । दुवै स्टार आफ्नो पूरा शक्ति यो फिल्ममा लगाउने भएका छन् ।

क्याटरिना र सिद्धान्त चतुर्वेदी
क्याटरिना चतुर्वेदी एक नयाँ जोडीका साथ स्क्रिनमा देखिँदैछिन् ।
यी दुवै एकैसाथ सुपरनेचुरल कमेडी फिल्म ‘फोन बुथ’मा एकैसाथ देखिने भएका हुन् ।
यसमा यी दुईका साथै एशान खट्टर पनि हुनेछन् ।

पूजा हेगडे र रणवीर सिंह
पूजा हेगडे र रणवीर सिंह फेरि एक जोडीका रुपमा २०२१ मा एकैसाथ देखिने भएका छन् ।
रोहित सेट्टीको फिल्म सरकसमा रणवीरको अपोजिटमा देखिने भएकी छन् । यो कमेडी फिल्मलाई निकै प्रतिक्षा गरिएको छ ।

दीपिका र प्रभास
बलिउडकी रानाी र म्याग्नम ओपुसका राजालाई अपोजिट जोडिन्छ त चर्चाको विषय नबन्ने कुरै हुँदैन ।
यि दुवै प्रभावशाली कलाकार एकैसाथ नाग अश्विनको अघिल्लो फिल्ममा देखिने भएका छन् । यो भारतको सबैभन्दा ठूलो मल्टी लिङग्वल साइन्स फिक्सन ड्रामा फिल्म हुनेछ ।

श्रद्धा कपूर र रणबीर कपूर
श्रद्धा कपूर र रणबीर कपूर पहिलोपटक एकैसाथ फिल्ममा देखिने भएका छन् ।
लभ रञ्जनको अघिल्लो फिल्लमा उनीहरु देखिने भएका हुन् । खबरअनुसार यो फिल्म कमेडी हुनेछ ।
