१४ असार २०८३, आइतबार

अपहरणपछि धर्म परिवर्तन र जबरजस्ती बालविवाह !

पुस १४, २०७७
अपहरणपछि धर्म परिवर्तन र जबरजस्ती बालविवाह !

पाकिस्तानमा हिन्दु र इसाई युवतीलाई जबरजस्ती धर्मान्तरण गरिन्छ । यस विषयमा पाकिस्तानी सरकारले पनि खासै ध्यान दिएको छैन । 

हालै एक १३ वर्षीया बालिका आरजु रजालाई अपहरण गरेर जबरजस्ती मुस्लिम बनाइएको खबर सार्वजनिक भएको छ ।

धर्म आफ्नो स्वेच्छा अनुसार मान्न पाउनुपर्ने विषय हो । तर, यहाँ धर्मान्तरणकै लागि नाबालिकालाई अपहरण गरिएको छ । 

साथै अपहरणपछि धर्म परिवर्तन र एक पाकिस्तानी मुसलमानसँग उनको विवाह गराइएको पाइएको छ । 

धर्मान्तरणकै लागि अपहरण र त्यसपछि बाल विवाह गरेको घटनाले फेरि विश्वका मानव अधिकारवादीको ध्यान पाकिस्तानतर्फ सोझिएको छ । यो घटनाको सबैतिर विरोध भएको छ । 

आरजु एक अल्पसंख्यक समुदायकी नाबालिका हुन् । त्यहाँ रहेका अल्पसंख्यक कति खतरामा छन् भन्ने यो घटनाले पुष्टि गर्ने मानव अधिकारवादीले बताएका छन् । 

गत अप्रिलमा पनि नेहा परवेज नामकी युवतीलाई कराँचीको यत्तेहादबाट अपहरण गरिएको थियो ।

उनलाई पनि जबरजस्ती धर्मान्तरण गरी मुसलमान युवकसँग जरबजस्ती विवाह गराइएको थियो । 
 

 

salt training

कमेन्ट गर्नुहोस्