
भारतको कर्नाटकस्थित चिकमंगलूर विधान परिषद्का उपसभामुख एसएल धर्मेगौडाले आत्महत्या गरेका छन् ।
रेलको ट्य्राकमा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । शवसँगै एक सुसाइड नोट भेटिएको छ ।
जेडीएस पार्टीका नेता धर्मेगौडाको शव राति २ बजे रेलवे ट्य्राकमा फेला परेको हो । प्रहरीले सुसाइड नोट बरामद गरेर अनुसन्धान शुरू गरेको छ ।
केही दिनअघि कर्नाटक विधान परिषदमा विपक्षी कांग्रेसका नेताहरूले धर्मेगौडालाई कुर्सीबाट उठाएर तानातान गरेका थिए ।
पूर्व प्रधानमन्त्री एचडी देवेगौडाले उपसभामुखको आत्महत्या आश्चर्यजनक भएको भन्दै दुःख व्यक्त गरेका छन् ।
कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाले पनि घटनामा दुःख प्रकट गरेका छन् ।