
भारतको उत्तर प्रदेशमा आफ्नो जाती सवारी साधनमा लेख्नेलाई प्रहरीले कडा कारबाही गरिरहेको छ ।
यस्तै गाजियावादमा एक यस्तै विचित्र काम गर्ने गाडीलाई ६५ हजार जरिवाना तिराएको छ ।
यो कार हेर्दै निकै विचित्र देखिन्थ्यो । एकदम सजाएर सडकमा ल्याइएको गाडी नाच्दै गुड्न थालेपछि प्रहरीले तत्काल रोक्यो ।
नाच्दै बीच सडकमा रमिता देखाउने गाडी मालिकबाट प्रहरीले ६४ हजार रुपैयाँ जरिवाना असुलेको छ ।
यसका साथै अन्य नियम पनि ताडेको आरोप प्रहरीले लगाएको छ ।
यो कारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।