०५ साउन २०८३, मंगलबार

आज तमु ल्होसार पर्वको सार्वजनिक बिदा [सूचनासहित]

आज तमु ल्होसार पर्वको सार्वजनिक बिदा [सूचनासहित]

बर्दिया जिल्लाको मधुवन नगरपालिकाले तमु ल्होसारको अवसरमा आज बुधवार सार्वजनिक बिदा दिएको छ ।

मधुवन नगरपालिकाले तमु ल्होसारको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

तमु ल्होसारको अवसरमा वडा कार्यालय, शिक्षण संस्था लगायत सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले सूचनामार्फत जनाएको छ ।

गुरुङ समुदायले आज विशेष हर्षका साथ पुरानो वर्षलाई बिदाइ गरी आजदेखि आफ्नो पारम्परिक नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै छन् । यस पर्वका अवसरमा गुरुङ समुदायले आफन्तजन र नाताकुटुम्बलाई घरमा बोलाएर भोज खुवाउनाका साथै घाटु, सोरठी, चुड्का र कौडा जस्ता प्रचलित नृत्य नाच्दै रमाइलो गर्ने परम्परा छ ।

salt training

कमेन्ट गर्नुहोस्