०५ असार २०८३, शुक्रबार

दक्षिणकाली नगरपालिकामा एमालेको अग्रता कायमै

कात्तिक २०, २०७४
दक्षिणकाली नगरपालिकामा एमालेको अग्रता कायमै

काठमाडौं २ जेठ– काठमाडौंको दक्षिणकाली नगरपालिकामा मतगणना जारी छ । जारी मतगणनाको प्रारम्भिक मत गणना अनुसार मेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

मंगलवार मध्यान्हसम्ममा नेकपा एमालेका शशी शर्मा अर्याल १ हजार ५ सय ५९ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका मोहन बस्नेतले १ हजार २ सय २६ र माओवादी केन्द्रका उर्गेन लामाले ५ सय १ मत प्राप्त गरेका छन् ।

राप्रपाका सुदर्शन पन्तले २ सय ३४ मत प्राप्त गरेका छन् । २०४८ सालको संसदीय चुनावमा यस क्षेत्रवाट एमालेका जननेता मदन भण्डारी विजयी भएका थिए ।

२०६४ सालको चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका थिए भने २०७० को चुनावमा पराजीत भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्