
कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा भेन्टिलेटरमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–३ का ५० वर्षीय संक्रमित पुरुषको बुधवार बिहान ६ः५० बजे मृत्यु अस्पतालले जानकारी दिएको छ ।
मृतक पुरुष पुस ९ गतेदेखि अस्पतालमा उपचाररत थिए । यससँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको जनाइएको छ ।