२६ जेठ २०८३, मंगलबार

अमिताभले सबै ट्वीटमा नम्बर किन लेख्छन् ?

पुस १५, २०७७
अमिताभले सबै ट्वीटमा नम्बर किन लेख्छन् ?

बलिउड महानायक अमिताभ बच्चन सोशल मिडियामा निकै एक्टिभ हुन्छन् । उनी ट्विटरमार्फत शुभचिन्तकसँग निकै जोडिन्छन् । 

तर, धेरैले नबुझेको तर अचम्मको अमिताभको एउटा बानी छ । कुरा के हो भने अमिताभले वर्षौदेखि ट्वीटको साथमा नम्बरसमेत पोस्ट गर्दै आएका छन् । 

उनी किन यसो गर्छन् ? एउटा खास कुरा छ । चलचित्र बदलाको प्रमोसनको दौरानमा यो प्रश्नको अमिताभले सामना गर्नुपर्‍यो । 

आखिर किन अमिताभले ट्वीटको साथमा नम्बर राख्छन् ? शाहरुख खानले यसबारेमा अमिताभलाई सोधे । 

अमिताभले यसबारे भने, ‘कुन ट्वीट कति नम्बरमा छ ? पछि पत्ता लगाउनका लागि पनि सहज हुन्छ । मलाई नम्बरले सहयोग गर्छ ।’ 

वर्षौदेखि ट्वीटरमा सक्रिय अमिताभले हरेक पोस्टको अगाडि कति नम्बरको ट्वीट हो भन्ने जानकारीसहितको यो तरिका अरु कुनै पनि कलाकारले राख्ने गरेको पाइँदैन ।

salt training

कमेन्ट गर्नुहोस्