१६ असार २०८३, मंगलबार

प्रचण्डलाई लेखराजले भने– 'पूर्वमाओवादी एक हुनुपर्ने हो भने माधव कमरेडलाई यता पठाइदिनुस् न त'

प्रचण्डलाई लेखराजले भने– 'पूर्वमाओवादी एक हुनुपर्ने हो भने माधव कमरेडलाई यता पठाइदिनुस् न त'
फाइल फोटो

ओली पक्षमा लागेका पूर्व माओवादी खेमाका नेता एवं उद्योग मन्त्री लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' दृष्टिविहीन र चिन्तनबिहीन बनेको आरोप लगाएका छन् ।

सुदूरपश्चिम प्रदेशका ओली पक्षीय नेता-कार्यकर्तालाई बबरमहलस्थित एक पार्टी प्यालेसमा बुधवार सम्बोधन गर्दै मन्त्री भट्टले प्रचण्डले राति सुत्दा पनि प्रधानमन्त्री पद देख्ने गरेको आरोप समेत लगाए ।

'राति सुत्दा पनि प्रधानमन्त्री देख्नुहुन्छ प्रचण्डले,' भट्टले भने, 'प्रधानमन्त्री अहिल्यै चाहियो भन्ने छ ।'

उनले पूर्व माओवादीहरू एक हुनुपर्छ भन्ने तर्कको समेत खण्डन गरे ।

'प्रचण्डले घाइतेहरूलाई सम्झेनन्, शहीदलाई सम्झेनन्, बेपत्तालाई सम्झेनन्, अहिले पूर्व माओवादी एक हुनुपर्छ भनिरहेका छन्,' उनले भने, 'त्यसो भए माधवकुमार नेपाललाई यहाँ पठाइदिनुस् न त !'

साथै उनले प्रचण्डहरू कहाँ छन् भनेर कुनाकाप्चामा गएर खोज्नुपर्ने दिन आउने बताए ।

'केका निम्ति पार्टी फुट्यो ? उहाँहरूलाई हामी यहाँ छौं भन्नुपर्ने दिन किन आयो ? अब हामीले उहाँहरूलाई खोज्न जानुपर्ने भयो । कहाँ–कहाँ हुनुहुन्छ, खोजेर यही पार्टीमा ल्याउनुपर्ने छ ।'

salt training

कमेन्ट गर्नुहोस्