०७ असार २०८३, आइतबार

प्रचण्डलाई ओलीको प्रश्न– लोकेन्द्र विष्टहरूले किन आन्दोलन छाड्नुपर्‍यो ? हिजो ज्यान दिनेको अवस्था के छ ?

प्रचण्डलाई ओलीको प्रश्न– लोकेन्द्र विष्टहरूले किन आन्दोलन छाड्नुपर्‍यो ? हिजो ज्यान दिनेको अवस्था के छ ?
फाइल फोटो

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डमाथि पूर्व माओवादी कार्यकर्तालाई अलपत्र पारेको आरोप लगाएका छन् । 

‘लोकेन्द्र विष्ट आज किन कम्युनिस्ट आन्दोलन छाडेर कालो मार्सी र ड्र्यागन फूडको खेती गर्नुभएको छ । हिजो कालीबहादुर खाम चाहिन्छ, आज किन चाहिँदैन ? हिजो बचाउन ज्यान दिनेको के अवस्था के छ ? बेसहाराको उहाँलाई चिन्ता छ ?’ बुधवार सुदूरपश्चिमका कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले भने ।  

ओलीले प्रचण्डसँगको सम्झौताले आफ्नो ब्रिफकेस भरिएको भन्दै अरू कति सम्झौता गर्ने भनेर प्रश्न गरे ।  
 

कमेन्ट गर्नुहोस्