
झापा जिल्लाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेललाई पितृशोक परेपछि नगरपालिकाले शोक (सार्वजनिक) बिदा दिएको छ ।
नगरपालिकाले प्रमुखलाई पितृशोक परेको भन्दै बिहीवार १ दिन सार्वजनिक बिदा दिइएको सूचना प्रकाशित गरेको छ ।
नगर प्रमुख पोखरेलका ८७ वर्षीय बुवा गणेशप्रसाद पोखरेलको पुस १५ गते निधन भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेद्वारा जारी सूचनामा बिहीवार कनकाई नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको जनाइएको छ ।
