कोरोनाका कारण अनुहार मास्कले छोपेर यो वर्ष बितेको छ । यस्तो अवस्थामा मुस्काउँदा पनि मानिसले नदेख्ने स्थिति छ ।
तर चीनको एक विद्यालयका शिक्षकले कक्षामा प्रवेश गर्नुअघि मुस्काएको एउटा भिडियोले आजभोलि मानिसहरूलाई खुशी दिइरहेको छ ।
विद्यालयको कोरिडोरमा रहेको सीसीटीभीमा शिक्षकको मुस्कान कैद भएको छ । अनुहारमा मुस्कान राख्नु कति आवश्यक छ भन्ने कुरा यसले प्रमाणित गरेको छ ।
चीनको सरकारी टेलिभिजन सीजीटीएनले भिडियो शेयर गरेको हो । भिडियोमा देखिएका पुरुष शिक्षकले कक्षमा प्रवेश गर्नुअघि गहिरो सास लिएको अनि अनुहारमा मुस्कान ल्याएर बल्ल क्लासमा पसेको देखिन्छ ।
यो उत्तरी चीनको चिनह्वाङदाओको भिडियो हो ।