१० असार २०८३, बुधबार

पोर्चुगलमा कोभिडबाट नेपाली युवकको मृत्यु

पुस १६, २०७७
पोर्चुगलमा कोभिडबाट नेपाली युवकको मृत्यु

कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ ।

साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत २ वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए ।

तनहुँ घर भएका उनी विगत १ महिनादेखि निमोनिया र कोभिडको संक्रमणबाट ग्रसित भई आइसोलेसनमा रही उपचाररत रहेको परिवार स्रोतले जानकारी दिएको छ ।

कोभिडको कारण ज्यान गुमाउने उनी छैठांै व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । 

पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको संख्या २ पुगेको छ ।

रानाको मृत्युले नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्