१४ असार २०८३, आइतबार

साइबेरियामा अत्यधिक चिसोका कारण हावामै जम्यो अण्डा र नूडल्स

चैत २१, २०७७
साइबेरियामा अत्यधिक चिसोका कारण हावामै जम्यो अण्डा र नूडल्स

संसारको सबभन्दा चिसो ठाउँमध्ये एक साइबेरियामा अहिले माइनस ४५ डिग्री सेल्सियस छ । 

त्यहाँ बाहिर बसेर खाना खाँदा हावामै नूडल्स र अण्डा जमेको आश्चर्यजनक तस्वीर सार्वजनिक भएको छ । 

तस्वीर साइबेरियाको नोभोसीबर्स्कमा खिचिएको हो । ट्विटर प्रयोगकर्ता ओलेगले तस्वीर पोस्ट गरेका हुन् । 

तस्वीर सोमवार पोस्ट गरिएको थियो र त्यस दिन तापक्रम माइनस ४५ डिग्री थियो । 
 

सोभियतकालमा तत्कालीन सरकारले अपराधीहरूलाई सजाय दिनका लागि साइबेरिया पठाउने गरेको थियो । 
 

साइबेरियाको हावा समुद्रको जल र उत्तरी ध्रुवका कारण बन्छ । यो हावा हिउँले भरिएको टुन्ड्रा क्षेत्रमा बग्छ । 
 

वर्षभरिको चिसो हावा चल्छ अनि जाडोको बेलामा यसले ज्यान पनि लिन सक्छ । 

salt training

कमेन्ट गर्नुहोस्