२४ जेठ २०८३, आइतबार

एक्लै हुँदा परदेशमा ...

एक्लै हुँदा परदेशमा ...

कमल राई (सिजन)को शब्द तथा स्वर रहेको आधुनिक गीत ‘एक्लै हुँदा परदेशमा...’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 

यो भिडियोलाई प्रतिक्षित चलचित्र ‘एक लभर’का अभिनेता साहिल खानले निर्देशन गरेका हुन् ।

वरिष्ठ अभिनेत्री गौरी मल्ल र पल शाहको अभिनय रहेको यो गीतमा  मुमिन कायस्थले बाल कलाकारको भूमिकामा काम गरेका छन् । गीतमा संगीत भने तारा प्रकाश लिम्बूको छ ।

अर्जुन तिवारीको डीओपी, सुमी राईको निर्माण, सरोज सुब्बाको कथा रहेको गीत र यसको भिडियोमा पारिवारिक कहानीलाई उठान गरिएको छ ।​

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्