२४ जेठ २०८३, आइतबार

बेलायती प्रधानमन्त्रीका पिताले फ्रान्सेली नागरिकताका लागि दिए निवेदन

पुस १६, २०७७
बेलायती प्रधानमन्त्रीका पिताले फ्रान्सेली नागरिकताका लागि दिए निवेदन

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका पिताले फ्रान्सेली नागरिकताका लागि निवेदन दिएको बिहीवार बताएका छन् । 
 

ब्रेक्जिटपछि युरोपेली संघसँगको सम्बन्ध कायम राख्न आफूले निवेदन दिन लागेको उनको भनाइ छ । 
 

स्ट्यान्ली जोनसन पूर्व युरोपेली सांसद हुन् । उनले सन् २०१६ मा बेलायतमा भएको जनमतसंग्रहमा युरोपेली संघमै रहनका लागि मत दिएका थिए । फ्रान्समा आफ्नो परिवारको बलियो सम्बन्ध रहेकाले फ्रान्सेली नागरिक बन्न खोजेको उनले बताए । 

मैले बुझेसम्म म फ्रान्सेली हुँ । मेरी आमा फ्रान्समा जन्मेकी थिइन् । हजुरआमा पूरै फ्रान्सेली हुनुहुन्थ्यो अनि जिजुबुवा पनि फ्रान्सेली नै हुनुहुन्थ्यो । त्यसैले फ्रान्सको नागरिकता लिएर म पुर्ख्यौली थलो फर्किन लागेको हुँ । त्यसले मलाई निकै हर्षित तुल्याएको छ,’ ८० वर्षीय स्ट्यान्लीले फ्रान्सेली भाषामा बताए । 

‘म सधैंका लागि युरोपेली हुँ, त्यो पक्का हो । बेलायतीहरूलाई तिमीहरू युरोपेली हैनौ भन्न मिल्दैन । युरोपेली संघसँग सम्बन्ध राख्नु जरूरी छ,’ उनले थपे । 
 

स्ट्यान्लीका छोरा बोरिस जोनसन चाहिँ सन् २०१६ मा युरोपेली संघबाट बेलायत निस्कनुपर्ने अभियानका प्रमुख नेता थिए । प्रशासनतन्त्रले थिचिएको युरोपेली संघबाट बाहिरिँदा बेलायतले व्यापक समृद्धि हासिल गर्ने उनको तर्क छ । 
 

salt training

कमेन्ट गर्नुहोस्