
नेपालमा सन् २०२० मा अघिल्लो वर्षको तुलनामा प्रेस स्वतन्त्रता माथिको आक्रमणमा कमी आएको छ । फ्रिडम फोरमले बिहीवार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२० मा प्रेस स्वतन्त्रता हननका ९६ वटा घटना भएका छन् ।
सन् २०१९ मा १११ घटना भएका थिए । ९६ वटा घटनामा १६ महिला पत्रकारसहित १ सय ६६ जना पत्रकाहरु प्रभावित भएको फ्रिडम फोरमले जनाएको छ ।
बाग्मती प्रदेशमा सबभन्दा धेरै प्रेस स्वतन्त्रता हननका २७ वटा घटना भएका छन् । प्रदेश २ मा १८ वटा घटना भएकोमा ६५ मिडिया पर्सन प्रभावित भएका थिए ।
‘प्रेस फ्रिडममाथिको आक्रमणका घटनामा केही कमी आएजस्तो देखिएपनि अभिव्यक्ति स्वतन्त्रताा र प्रेस स्वतन्त्रताको लागि अनुकुल वातावरण बनिसकेको छैन’ फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहालले भने ।