
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-१३ स्थित दुई कुलाको मुहानस्थित नहरको जालीमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी जुम्लाको चन्दननाथ नगरपालिका-४ भारतिवाडा बस्ने ६९ वर्षीया सतलदेवी रोकाया आफ्नै घरमा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।